सम्यक् सम्बुद्ध महाकाव्यको कथानक र चरित्रचित्रणबिचको सङ्गति

Authors

  • dipak gautam tribhuwan university

Abstract

नेपाली महाकाव्य लेखन परम्परामा घनश्याम कँडेलको सम्यक् सम्बुद्ध अनुष्टुप छन्दको शान्त रस प्रधान महाकाव्य हो । यस महाकाव्यका नायक गौतम बुद्ध हुन् । उनी यस महाकाव्यको भूमिकामा सिद्धार्थ गौतम, गौतम बुद्ध अनि महामानव बुद्धका नाममा विकसित छन् । चरित्रप्रधान महाकाव्य भएकाले शोध्य महाकाव्यको कथानक विकास फितलो भए पनि कथानक र पात्रचरित्रबिचको सङ्गति रहेको छ । कथानक र पात्रचरित्रबिचको सङ्गति प्र्रक्रियाको अध्ययन नै प्रस्तुत आलेखको मुख्य समस्या हो । पुस्तकालयीय अध्ययनमा आधारित यस लेखमा यथार्थपरक समालोचनात्क अध्ययन विधिको उपयोग गरिएको छ । महाकाव्यको कथानक विकास कमजोर, असानदर्भिक, उपकथाहरु जोडिएको तथा दर्शनप्रधान भएकाले चरित्रचित्रण पनि प्रमुख नायक बुद्धको जीवनी सबैभन्दा बढी आएको छ । कथानक र चरित्रको अन्तर्सम्बन्ध पनि कृतिम खालको छ । महाकाव्यका अन्य तत्त्वलाई अध्ययनको विषय नबनाउनु नै यस लेखको सीमा हो । महाकाव्यको रचनाप्रक्रियामा शास्त्रीय छन्दको प्रयोग गरिए पनि चरित्रचित्रण तथा कथानक पूर्वीय मान्यताबाट अलि भिन्न तरिकामा प्रस्तुत गरिएको छ । महाकाव्यको चरित्रचित्रणले कथावस्तुलाई गति दिएको छ र सर्गशीर्षकीकरण छुटाइएको छ । चरित्र चित्रणबाट विकसित महाकाव्यमा धेरै तर अनावश्यक पात्रहरूको व्यवस्थाले महाकाव्यको बोधका लागि गौतमबुद्धको जीवनीमा पुग्नुपरेको, कथानक विकास सपाट वर्णनात्मक बनेको छ । यसमा नायकको चरित्र खोटपूर्ण नदेखिए पनि घटनाहरू पनि नपत्याउँदा छन् । महाकाव्य रचनामा प्रक्रियागत केही सीमा भए पनि मूलतः नेपाली महाकाव्य लेखन परम्पराको सकारात्मक प्राप्ति बनेको छ ।

Published

2023-07-30